काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव रमेश बेल्वासेको राजिनामा स्वीकृत भएको छ । कम्पनीको असार २७ गते बसेको संचालक समितिको बैठकको निर्णयले असार २८ गतेदेखि लागु हुने गरी उनको राजिनामा स्वीकृत गरेको हो ।
साथै, कम्पनी सचिवमा असार २८ गतेदेखि लागु हुने गरी रमेश भण्डारी नियुक्त भएका छन् । उनलाई कम्पनीको असार २६ गते बसको सञ्चालक समितिको निर्णयले नियुक्त गरेको हो ।