IME Life New

लाजिम्पाटमा भियतनामी स्वाद पस्किने फो ९९ रेष्टुरेन्ट संचालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भियतनामी परिकारका पारखीहरुलाई लक्षित गर्दै काठमाडौंको लाजिम्पाटमा ‘फो ९९ रेष्टुरेन्ट’ खुलेको छ । लाजिम्पाटस्थित होटल सांग्रिला अगाडि खोलिएको रेष्टुरेन्टको नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले बिहीबार उद्घाटन गरेका छन् ।

कार्यक्रममा वाणिज्यदूत श्रेष्ठले नेपालमा फस्टाउँदो खाद्य संस्कृतिलाई फो ९९ ले फराकिलो बनाएको धारणा राखे । नेपाल घुम्न आउने पर्यटकलाई आफ्नै मुलुकको स्वाद चखाउन तथा रेष्टुरेन्ट पारखी नेपालीहरुलाई स्वस्थ खाना खुवाउन फो ९९ सफल हुने उनको विश्वास छ ।रेष्टुरेन्ट सञ्चालक नवीन सारुका अनुसार भियतनामी खानेकुराहरू सामान्यतया ताजा जडीबुटीहरू जस्तै सिलिन्ट्रो, अदुवा, लेमनग्रास, पुदिना र तुलसीले तयार पारिन्छन् । प्रायः माछाको चटनी, झिंगेमाछा (प्राउन)को पेस्ट वा सोयाबिन ससको साथमा ग्राहकसमक्ष सर्भ गरिन्छ । भियतनामी खाना न्यून तेल, सीमित मसला र ताजा सामग्रीसँग पकाइने भएकाले यो संसारको सबैभन्दा स्वस्थ व्यञ्जनमध्ये मानिन्छ ।

Esewa
Crest

सन् २०११ मा युवा व्यवसायी सारुले स्थापना गरेको फो ९९ ले यसअघि काठमाडौंको बौद्धनाथ र ललितपुरको झम्सिखेलमा पनि भियतनामी स्वाद पस्किँदै आएको छ । कम मसला हुने भएकाले भियतनामी खाना संसारभर लोकप्रिय छन् ।

रेष्टुरेन्ट सञ्चालक सारुले नेपाल घुम्ने भियतनामीहरुको संख्या बढ्दै गइरहेको र नेपाली उपभोक्ताले पनि भियतनामी खाना रुचाउने भएकाले शाखा विस्तार गरिएको बताए । “जब हामीले २०११ मा सुरु ग-यौं, हामी नेपालमा पहिलो पूर्ण भियतनामी रेस्टुरेन्ट थियौं,” उनी भन्छन्, “त्यसबेला धेरैलाई भियतनामी खानाको बारेमा धेरै थाहा थिएन भने नेपाल घुम्न आउने भियतनामीहरूको संख्या पनि न्यून थियो ।”

पछिल्ला दश वर्षमा, धेरै भियतनामीहरू नेपाल घुम्न थालेका छन् भने धेरै नेपालीहरूले पनि भियतनामी खानाबारे जान्न र प्रशंसा गर्न थालेको उनको भनाइ छ । फो ९९ मा ‘भियतनामी ग्रिल फिस विथ लेमन ग्रास’ पारखीले निकै मन पराउने गरेका छन् भने भियतनामी नुडल्स पनि प्रख्यात छ । भियतनामी आइस टी र हट कफीसँगै नरिवल जुसको स्वाद पनि यहाँ पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS