Connect IPS
IME Life

आजबाट कक्षा ११ को छात्रबृत्ति परीक्षाको अनलाइन आवेदन खुल्ला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट कक्षा ११ को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फारम खुल्ला गरेको छ । महानगरले आज असार २८ गते विहान १० बजेदेखि आवेदन खुल्ला गरेको हो । यो फारम साउन १२ गते राति ११ः५९ बजेसम्म पेस गर्न सकिने महानगरले जनाएको छ ।

महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गत निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरुका लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/८१ देखि महानगरले गर्ने भएको हो ।

Prabhu
Crest

सामुदायिक विद्यालयमा अध्ययन गरेका, जेहेनदार, पिछडिएको क्षेत्र, जानजाती, आदिवासी, गरिब लगायतका छनोटका आधारमा तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने भएकोले महानगरले आजबाट अनलाइन आवेदन खुल्ला गरेको हो ।

महानगरले विज्ञान, व्यवस्थापन, मानविकि, शिक्षा, कानुन र प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रबृत्ति प्रदान गर्ने भएको हो । छात्रवृत्तिका लागि आवेदन पेस गरेका आवेदकको परीक्षा भने साउन २० गते विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS