काठमाडौं । शेयर बजार नेप्शे परिसूचक २५ दशमलव ३१ प्रतिशतले बृद्धि हुँदा २०९७ को विन्दुमा कायम भएको छ । आज कुल ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार रपैयाँको शेयर कारोबार हुँदा तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडका कर्मचारीले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मूल्य १८७ रुपैयाँ कायम भएको छ । आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सर्किट लागेको छ भने प्रति शेयर मूल्य १ हजार ३०४ रुपैयाँ कायम भएको छ । साथै रिभर फल्स पावर कम्पनीको शेयरमा सर्किट लाग्दा प्रति शेयर मूल्य २६३ रुपैयाँ कायम भएको छ ।