IME Life New

गायक विक्रान्त पोखरेलको नयाँ गीत “माया नमार” बजारमा सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उदीयमान गायक विक्रान्त पोखरेलले नेपाली बजारमा नयाँ गीत सार्वजनिक गरेका छन् । उनले माया नमार गीत सार्वजनिक गरेका हुन् । उनले यसअघि ३ वटा गीत सार्वजनिक गरिसकेका छन् । बनमा टाँकी छ, भीरमा टुनी छ जस्ता गीतले बजारमा चर्चा बटुलिसकेका छन् ।

विक्रान्तलाई लोकप्रिय गीतकार तथा संगीतकार राजकुमार बगरको सहकार्य मिलेको छ । यस तेस्रो गीतमा पनि गीतकार तथा संगीतकारको रुपमा राजकुमार बगर नै रहेका छन् । गीतको संगीत संयोजक भने डोलराज बाह्रघरे रहेका छन् भने त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियोमा गीतको रेकर्डिङ तथा मिक्सिङको कार्य भएको हो ।

Esewa
Crest

गीतको म्यूजिक भिडियोमा यशु भट्टराई र मंगल तामाङको अभिनय रहेको छ । भिडियोको निर्देशन भने कुमार केसीले गरेका छन् । भिडियोका छायाँकन मुकेश हुमागाइँको रहेको छ भने सम्पादन अमृत चापागाईंको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS