IME Life New

वानएक्स बेटको विज्ञापन गरेको आरोप लागेका कलाकारलाई एक वर्ष कैदको माग गर्दै मुद्धा दर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले वानएक्स बेटको विज्ञापन गरेको आरोपमा मुद्धा चलाइएका हास्य कलाकारलाई एक वर्षको कैद र १० हजार रुपैयाँ जरिवानाको मागदबी गर्दै मुद्धा दर्ता गरेको छ ।

युट्युबमा वानएक्स बेटको विज्ञापन गरेको पाइएपछि कलाकारहरु राजु मास्टर भन्ने राजु पौडेल, बल्छी धुर्बे भन्ने मरिचमान श्रेष्ठ, रोशन खतिवडा, बेगम नेपाली, अलिस राई, जलन घर्तिमगर, सरोज घिमिरे, गणेश देवकोटा र कुशल पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु विरुद्ध विज्ञापन नियमन गर्ने ऐन,२०७६ को दफा ५ उपदफा २ ‘ढ’ र दफा २५ को उपदफा १ बमोजिम एक वर्ष कैद र जनही १० हजार रुपैयाँ जरिवानाको मागदावी गर्दै मुद्धा दर्ता भएको हो । उनीहरुले निषेध गरिएको विषयमा विज्ञापन गरेको र सट्टेबाजीलाई प्रोत्साहन दिएको भन्दैउनीहरुमाथि कैद सजाय र जरिवानको मागदावी लिइएको हो ।

Esewa
Crest

मुद्दा चलाएका ११ जना प्रतिवादीमध्ये २८ वर्षीय दिनेश खड्का र २९ वर्षीय अनिता धिताललाई भने जनही ७ वर्ष कैद र चौसठ्ठी करोड चौरानब्बे लाख उनन्तीस हजार आठ सय बीस रुपैया बिगो मागदावी लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS