काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक ० दशमलव ८० प्रतिशतले घटेर २०७६ दशमलव ९६ को विन्दुमा कायम भएको छ । आज कुल ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार हुँदा सर्वाधिक कमाउनेमा रावा इनर्जीका लगानीकर्ता रहेका छन् । आज कम्पनीको शेयर ९.९८ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ३६४ रुपैयाँ कायम भएको छ ।
यसैगरी आज गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयर ७.२३ प्रतिशतले बृद्धि हुँदा लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयर मूल्य ३९८ रुपैयाँ कायम भएको छ । आज श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको शेयर ६.७९ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य २८८ रुपैयाँ कायम भएको छ ।