काठमाडौं । आज शेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक ० दशमलव ८० अंकले बटेर २,०७६ दशमलव ९६ को विन्दुमा कायम भएको छ । आज १०१ कम्पनीको शेयर मुल्य बढेको छ भने ११२ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २९३ कम्पनीको १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७९ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । कम्पनीको ३३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको २४ करोड ९१ लाख रुपैयााको शेयर कारोबार भएको छ ।