Connect IPS
IME Life

साहित्य र सिर्जनाले जनताको भावना बोल्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताएका छन् ।

सोमबार पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ‘‘जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण हाम्रा सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने’ बताएका हुन् ।

Prabhu
Crest

आर्थिक वर्ष २०६८।०६९ देखि पुष्पलाल राष्ट्रिय पुरस्कार समर्पण गर्ने व्यवस्था निरन्तर कार्यान्वयन हुँदै आएको छ । यस वर्ष पनि विगतमा जस्तै यो पुरस्कार वितरण कार्यलाई निरन्तरता दिइएको छ । यस वर्षको पुष्पलाल राष्ट्रिय पुरस्कारको राजनीतिक, सैद्धान्तिक विधा, इतिहास विधा, साहित्य, संस्कृति, विज्ञान विधा लगायतका विधातर्फ छनोट भई पुरस्कृत भएका सबै पुरस्कृत सिर्जनशील प्रतिभाहरूलाई  प्रधानमन्त्रीले बधाई ज्ञापन गरेका थिए ।

राजनीतिक, इतिहास, साहित्य संस्कृति र विज्ञानको क्षेत्रमा भएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्ने उनले बताए । यो पुरस्कारबाट पुरस्कृत प्रतिभाहरूको प्रेरणाबाट यस क्षेत्रमा लागेका अन्य स्रष्टाहरूलाई पनि आ–आफ्नो विधा तथा क्षेत्रमा राष्ट्रलाई योगदान गर्नमा प्रोत्साहित गर्नेमा आफ्नो विश्वास रहेको उनले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS