काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २८ दशमलव ३८ अंकले बढेर २,०७७ दशमलव ७६ को विन्दुमा कायम भएको छ । आज १६८ कम्पनीको शेयर मुल्य मुल्य बढेको छ भने ५० कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २८७ कम्पनीको ८३ लाख ५२ हजार ५७६ कित्ता शेयर किनबेच हुँदा ३ अर्बमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको १८ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १६ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको १४ करोडमाथिको शेयर कारोबार भएको छ ।