IME Life New

सिंगटी हाईड्रोले हकप्रद जारी गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १,४५,००,००० कित्ता हकप्रद साधारण शेयरको (१ः१) साविकका शेयरधनीहरुलाई निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता—पत्रमा सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।

सिंगटी हाईड्रो इनर्जी लिमिटेडको अधिकृत पूँजी रु. २ अर्ब ९० करोड रूपैयाँ, जारी पूँजी रु. २ अर्ब ९० करोड रूपैयाँ, र हकप्रद शेयर निष्काशन पश्चात् उक्त कम्पनीको चुक्ता पूँजी रु. २ अर्ब ९० करोड रूपैयाँ हुनेछ ।

Esewa
Crest

सिंगटी हाइड्रो इनर्जी लिमिटेड कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं जिल्ला का. म. न. पा. वडा नं. ५, काठमाण्डौंमा रहेको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले प्रचलित कानुन बमोजिम २०६७ साल जेष्ठ ०५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०७५ साल आषाढ ०६ गते देखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कम्पनी ऐन, २०६३ अन्तर्गत काम÷कारोबार गर्दै आईरहेको छ ।

यस कम्पनीले निर्माण गरेको सिगंटी खोला जलविधुत आयोजना २५ मे.वा. क्षमताको आयोजना २०७८ श्रावण १७ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको थियो । कम्पनी बाट प्राप्त जानकारी अनुसार हाल आयोजनाले ९७ प्रतिशत विद्युत उत्पादन गरिरहेको छ । हकप्रद शेयर जारी बाट प्राप्त रकम अर्बिर इनर्जी प्रा.ली. द्धारा प्रबर्धित सभा खोला “बी” २१.५ मे.वा. र सभा खोला “सि” ६.३ मे.वा. मा ५१ प्रतिशत र ह्याविट्याट पावर कम्पनी प्रा.ली द्धारा प्रर्बद्धित हेवा ए सान जलविद्युत आयोजना ७.५ मे.वा. मा ५१ प्रतिशत लगानी गर्नेछ ।

सिंगटी खोला जलविद्युत आयोजनवाट उत्पादन गरिएको सबै विद्युतशक्ति एकमुष्ट नेपाल विद्युत प्राधिकरणले खरिद गर्न मन्जुर गरी कम्पनी र प्राधिकरण बीच २०७० साल कार्तिक २७ गते र २०७४ साल मंसिर २८ गते क्रमशः १६ मेगावाट क्षमता र ९ मेगावाट क्षमता गरी जम्मा २५ मेगावाट क्षमताको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भईसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS