IME Life New

बाढिले क्षति पुर्याएका आयोजनाको ५० प्रतिशत दाबी पेश्कीको रुपमा उपलब्ध गराउन इप्पानको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ईप्पानले बाढिका कारण क्षति पुर्याएका जलविद्युत आयोजनाको ५० प्रतिशत दाबी पेश्कीका रुपमा उपलब्ध गराउन अनुरोध गरेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँगको भेटमा उनिहरुले सर्भेयरको प्रारम्भीक रिर्पोटका आधारमा वीमाबाट ५० प्रतिशत पेश्की उपलब्ध गराउनका लागि सम्बन्धीत क्षेत्रलाई निर्देशन दिनका लागि अनुरोध गरेका हुन् ।

प्रधानमन्त्री दाहालले पूर्वी नेपालमा आएको बाढीले गरेको क्षतीको सरकारले उचित सम्बोधन गर्ने बताएका छन् । प्राकृतिक प्रकोपका कारण पटक पटक गरेर ४/५ वर्षसम्म आयोजना बन्द भइसकेकोले त्यस्ता आयोजनाको अनुमतिपत्रको अवधि ५० वर्ष गरिदिन इपानले माग गरेको छ ।

Esewa
Crest

बाढीका कारणले सञ्चालनमा रहेका १३३ मे.वा. क्षमताका १३ आयोजना र निर्माणधिन २७७ मे.वा. क्षमताका १७ आयोजनाहरुमा गम्भीर क्षती पुगेको छ । यस्तो क्षतिले आयोजनाको लागत बढेको र भोलिका दिनमा प्रतिफल दिने अवधि पनि छोट्टिने भन्दै अवधि बढाउन इपानको माग छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS