IME Life New

कक्षा ११ मा छात्रवृद्धि कोटा निर्धारणका लागि महानगरले माग्यो शैक्षिक संस्थालाई विद्यार्थीको संख्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०७९/०८० मा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति कोटा निर्धारण गर्न विद्यार्थीको संख्या माग गरेको छ । महानगरले सम्पूर्ण शैक्षिक संस्थालाई कक्षा ११ मा भर्ना भएका सम्पूर्ण विद्यार्थीको संख्या असार मसानतभित्र उपलब्ध गराउन निर्देशन दिएको हो ।

काठमाडौं महानगरभित्रका शैक्षिक संस्थामा कक्षा ११ मा अध्ययन गर्न चाहने सामुदायिक विद्यालयमा अध्ययन गरेका, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिनवासी, गरिब लगायतका आधारमा तयार गरी योग्यताका आधारमा कोटा निर्धारण गर्नुपर्ने भएकोले समयमै विद्यार्थीको संख्या उपलब्ध गराउन शैक्षिक संस्थालाई अनुरोध गरेको हो ।

Esewa
Crest

काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५’ तथा ‘शिक्षा नियमावली, २०७४’ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०(०८१ देखि काठमाडौँ महानगरपालिकाले आफै नै सञ्चालन गर्न लागेको हो।

साथै माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिन सक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न समेत महानगरले सबै शिक्षण संस्थालाई निर्देशन दिएको छ ।

May be an image of text

May be an image of text

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS