IME Life New

आजदेखि घोराही सिमेन्ट्सको आइपीओ पुनः विक्रीमा, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घोराही सिमेन्ट्सको आइपीओ निष्काशन असार २२ गतेदेखि पुनः विक्री शुरु भएको छ । असार ४ गतेदेखि कम्पनीको आइपीओ स्थगित भएको थियो । असार २० गतेको नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार आइपीओ निष्काशन पुनः सुचारु गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता शेयर निष्काशन गरेको हो। सो आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।

Esewa
Crest

कम्पनीको आइपीओमा असार २४ गते आइतबारसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ३१ गतेसम्म लम्बिने जनाएको छ । बोर्डको निर्देशन अनुसार शेयर खरिदका लागि आवेदन दिइसकेका आवेदकहरुले सो आवेदनमा शेयर संख्या थप घट गर्न वा आवेदन फिर्ता गर्न चाहेमा असार २२ गतेदेखि २४ गतेसम्म आफ्नो सि आस्बा सदस्य, बैंक तथा वित्तीय संस्थाहरुमा गई लिखित निवदेन दिन सकिने छ।

आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS