काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयरपछिको समायोजन भएको छ । नेप्सेले कम्पनीको शेयर मूल्य १९२ रुपैयाँ १४ पैसा कायम गरेको छ । आजको कारोबारको अन्तिम मुल्य २२९ रुपैयाँको आधारमा कम्पनीको मुल्य समायोजन गरेको हो ।
कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोलि असार २२ गते बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेले कम्पनीको ४० प्रतिशत हकप्रद शेयरपछिको मुल्य समायोजन गरेको हो ।
नेपाल धितोपत्र बोर्डले गत असार ६ गते अपी पावरलाई चुक्ता पुँजीको १ः०.४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेर जारी गर्ने अनुमति दिएको थियो ।