IME Life
GBIME

अब डिशहोम टिभी सिधै मोबाइलमा हेर्न सकिने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोवाइल एप ‘डिशहोम गो’ सञ्चालन गरिरहेको छ । हाल सेट टप वक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधि मार्फत कम्पनीले मोवाइल डिभाइसमा उपलव्ध गराएको हो ।

१५० भन्दा वढि लाईभ टिभी च्यानलहरु यो एपमा हेर्न सकिनेछ । सात दिन सम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरी हेर्नसकिनेछ ।

Crest

डिशहोमले आफ्ना ग्राहकहरुलाईमात्र उपलब्ध गराइरहेको ‘डिशहोम गो’ मोबाइल एप हाल सम्पुर्ण प्रयोगकर्ता लाई निःशुल्क उपलब्ध गराएको छ । ‘डिशहोम गो’ एपमा लाइभ टिभि संगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ ।

ग्राहकहरु लाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाई रहेको छ । यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS