काठमाडौं । नेपाल स्टक एक्सचेन्जले ७ वटा नयाँ ब्रोकरलाई कारोबार नम्बर प्रदान गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले प्रकृयाँ पुरा गरेका नयाँ ब्रोकरलाई कारोबार नम्बर प्रदान गर्ने निर्णय गरेको थियो ।
हिजो गरेको निर्णयसँगै आज भोला गणेशले ६१, क्यापिटल म्याक्स सेक्युरिटि ६२, हिमालयनले ६३, सन् सेक्युरिटिजले ६४, सेयरप्रोले ६५, मियो सेक्युरिटिजले ६६ र प्रोपर्टी बिजवार्डले ६७ सदस्यता नम्बर (ब्रोकर नम्बर) पाएका हुन् ।
नेपाल धितोपत्र बोर्डले ४३ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । जस मध्ये १७ वटाले प्रमाणपत्र पाइसकेका छन् । बाँकीले क्रमश पाउदै जाने बोर्डले जनाएको छ । आज प्रमाणपत्र पाए सँगै उनिहरुले अव कारोबार गर्न पाउने छन् ।