काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक ० दशमलव ०६ अंकले घटेर २०४९ दशमलव ३८ को विन्दुमा कायम भएको छ । आज कुल ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सिटि होटल लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयर ९.९९ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ६७७ रुपैयाँ कायम भएको छ ।
यसैगरी आज रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर ९.९९प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ३०१ रुपैयाँ कायम भएको छ । आज अप्पर तामाकोशीको शेय ९.८५ प्रतिशतले बृद्धि भएको छ ने प्रति शेयर मूल्य ४७४ रुपैयाँ कायम भएको छ ।