काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा आज विहिबार बेलुकासम्म सार्वजनिक गर्ने भएको छ ।
उत्तरपुस्तिका परक्षण, नम्बर कम्प्युटरमा चढाउने, रुजु गर्ने, सम्परक्षण गर्ने कार्य सम्पन्न भइसकेकोले आजै नतिजा सार्वजनिक गर्ने तयारी रहेको बोर्डले जानकारी दिएको छ ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।
परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसईईमा सहभागी थिए ।
१९ तरिकाबाट हेर्न सकिन्छ एसईईको नतिजा