IME Life New

अब सवारी लाइसेन्सको भुक्तानी पनि अनलाइनबाटै गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि अब अनलाइन प्रणाली मार्फत आवेदनदेखि राजश्व भुक्तानी समेत गर्न सकिने भएको छ । यातायात व्यवस्था विभागले बुधबार विद्युतीय सेवा प्रवाह प्रणाली अप्लाइडीएलन्यू डीओटीएम डट जीओभी डट एनपी नामक वेवसाइटको सुरुवात गरेको हो ।

विभागले सार्वजनिक गरेको उक्त वेवसाइटले देशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री बनाउने विभागले जनाएको छ । यो प्रणाली सुरु भएपछि अब लाइसेन्स लिन चाहनेले आवेदन दिइसकेपछि एक पटक मात्रै यातायात कार्यालय गए हुने विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए ।

Esewa
Crest

यो प्रणाली पूर्ण रूपमा लागू भए पश्चात् सेवाग्राहीहरू लिखित तथा प्रयोगात्मक स्थल बाहेक यातायात कार्यालयमा एक पटक मात्र उपस्थित भए पुग्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

सुरुमा यो प्रणाली गण्डकी प्रदेश अन्तरगतको यातायात व्यवस्था कार्यालय, कास्कीबाट २०८० असार २० गते देखि परीक्षणको रूपमा लागू गरिने विभागले जनाएको छ । यसपछि एक महिना भित्रमा यो प्रणालीलाई देशका सबै प्रदेश सरकार अन्तरगतका यातायात व्यवस्था कार्यालयसेवा कार्यालयहरूमा लागू गर्ने लक्ष्य लिइएको महानिर्देशक भट्टराईले जानकारी दिए ।

358011025_960084545204378_4015752760749462454_n

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS