Connect IPS
IME Life

‘पोखराको पर्यटन विकास गर्न विदेशी उडान र कोरला नाका खोल्नुपर्छ’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक आवाजले पर्यटन क्षेत्रमा केन्द्रीत रहेर दीगो पर्यटन र विकास विषयमा पोखरास्थित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले पाहुनालाई गर्ने व्यवहार जति राम्रो हुन्छ त्यसले पर्यटकमार्फत सकारात्मक सन्देश प्रवाह भएर पर्यटन क्षेत्रको विकासमा भूमिका खेल्ने बताए । व्यवसायीले सेवा र वस्तुको मूल्य नेपाली र विदेशीलाई धेरै फरक गर्न नहुने उनको भनाइ थियो ।

नीति तथा योजना आयोग, गण्डकीका उपाध्यक्ष डा. कृष्ण देवकोटाले अहिले फेवाताल घुम्ने नीति अनुसार ‘राउन्ड फेवा, भिउ फेवा’ अवधारणा ल्याइएको बताए । यसले पर्यटकको बसाईं पोखरामा लम्ब्याउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । प्रदेशको दोस्रो पञ्चवर्षीय योजना बनाउँदा पर्यटन क्षेत्रको गुरुयोजना बनाएर त्यसैअनुसार योजनामा समावेश गर्ने डा. देवकोटाले बताए ।

Prabhu
Crest

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको र पर्यटन सचिवबाट पनि सकारात्मक प्रतिक्रिया आएको बताए । पर्यटकीय राजधानी घोषणा भएपछि लगानी बढाउनुपर्ने र पूर्वाधार थप्नेतिर व्यवसायीले पनि सोच्न आवश्यक रहेको उनले बताए । ‘पोखराको खास गुरुयोजना अझै बनिसकेको छैन । पोखराको विकास र पर्यटनको गुरुयोजना बनाउने काम भइरहेको छ,’ उनले भने । उनले लेकसाइडलाई आवसीय क्षेत्र नभई व्यावसायिक क्षेत्र बनाउनेतर्फ व्यवसायीले पनि सोच्न आवश्यक रहेकोमा जोड दिए । ‘लेकसाइडमा हल्ला भएर सुत्न पाइएन भन्ने पनि सुनिन्छ । लेकसाइडलाई सुत्ने ठाउँ होइन, व्यावसायिक क्षेत्र हो भन्ने बनाऔं,’ उनले भने ।

एसियाली विकास बैंक, कोयकालगायत संस्थासँग मिलेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म आउन वैकल्पिक मार्ग विकास र यातायात क्षेत्रको सुधारसम्बन्धी कामको थालनी भएको मेयर आचार्यले जानकारी दिए । पोखरा विमानस्थल–फलेपाटन–वन विज्ञान अध्ययन संस्थान पोखरा–बिरौटा हुँदै लेकसाइडसम्म पुग्ने गरेर साढे पाँच किलोमिटर दूरीको वैकल्पिक मार्ग विकासको योजना रहेको उनले सुनाए ।
पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरेली पर्यटन क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट उडान गर्ने वातावरण सरकारले गर्नुपर्ने बताए । ‘विमानस्थल पनि नाफामा चलाउने वातावरण बनाउनुपर्छ । छिमेकी देशको ग्रीन सिग्नल नहुँदासम्म हुँदैन । यसका लागि सरकारले गोभर्मेन्ट टु गोभर्मेन्ट (जी टु जी) वार्ता गर्न आवश्यक छ,’ उनले भने । भारतबाट सिधा उडान हुन सके र कोरला नाका खोल्न सके पोखरेली पर्यटन क्षेत्रको विकास हुने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले व्यवसायीको तर्फबाट आफूहरुले अहिले पोखरा–बंगलादेश उडान गर्न पहल गरिरहेको जानकारी दिए । ‘व्यवसायीले पहल गरेकोमा त्यहाँका विमान कम्पनी खुसी छन् । तर, यसका लागि सरकारले गोभर्मेन्ट टु गोभर्मेन्ट (जी टु जी) पहल गर्नुपर्छ,’ उनले भने । होटल व्यवसायी पुष्पराज अधिकारीले होमस्टेलाई सरकारले लगानी गर्नु अनुत्पादक भएको जिकिर गरे । उनले होमस्टेमा खर्च गर्नेभन्दा ठूलो खर्च गर्ने क्षमताका पर्यटक नेपाल भित्र्याउने वातावरण सरकारले बनाउनुपर्ने बताए । उनले भविष्यको पोखरा कल्पना गरेर अहिल्यै त्यसैअनुसारको पूर्वाधार विकासको तयारी थालिनुपर्नेमा जोड दिए । ‘पछि मेट्रो फ्लाइओभर कहाँ राख्ने भन्ने अहिले नै सोचौं,’ उनले थपे, ‘हामी फूल फुलाउन जोड गरौं मौरी पाल्न होइन । मौरी आफैं आउँछ । महत्वकांक्षा पालौं ।’

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) बुद्धिराज गुरुङले शान्ति सुरक्षा कायम गर्दा व्यवसायीलाई अप्ठेरो परे पनि त्यसलाई अन्यथा नलिन आग्रह गरे । कानुन कार्यान्वयनमा व्यवसायी पनि इमानदार भएर सहयोग गर्नुपर्ने उनको भनाइ थियो । अग्रज पर्यटन व्यवसायी लक्की क्षेत्रीले पर्यटनमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिइन् ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनले पर्यटन क्षेत्रलाई दीगो बनाइराख्न नयाँनयाँ गन्तव्यको खोजी र विकास भइरहनुपर्ने बताए । ‘एउटा ट्रेकिङ रुट यो वर्ष बन्यो भने अर्को वर्ष नजिकैसम्म सडक पुग्छ । पर्यटक बस्ने, घुम्ने र धेरैभन्दा धेरै खर्च गर्ने अवस्था नभएपछि पर्यटन क्षेत्र दीगो हुँदैन,’ उनले भने । रक क्लाइम्बिङ, हनी हन्टिङ पर्यटकलाई देखाएर त्यसलाई पर्यटन क्षेत्रको नयाँ आयाम बनाउन सकिने त्रिपाठीको भनाइ थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS