काठमाडौं । आज शेयर बजार बढेको छ । आज नेप्से परिसूचक १२ अंकले बढेर २,०८८ दशमलव ७० को विन्दुमा कायम भएको छ । आज १४५ कम्पनीको शेयर मुल्य बढेको छ भने ७२ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २८२ कम्पनीको ६४ लाख ५० हजार ९३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५७ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नागरिक लगानी कोषको शेयर कारोबार भएको छ । आज कोषको १२ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको ११ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।