Connect IPS
IME Life

ललितपुरमा १५ दिने अप्पर कटाई तथा सिलाई तालिम संचालन हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ललितपुर महानगरपालिका र नेपाल छाला जुत्ता उत्पादक संघको सहकार्यमा अप्प कटाई तथा सिलाई तालिम संचालन गरेको छ । असार ७ गतेदेखि ललितपुर महानगरपालिकाको वार्ड नं १४ स्थित लुहाचोकमा १५ दिने छालाजन्य बस्तु उत्पादन कार्यक्रम अन्तर्गत अप्पर कटाई तथा सिलाई तालिम संचालन गरिएको हो ।

सार्की समुदायको पुख्र्याउली जुत्ता व्यवसायको संरक्षण र सम्बर्धन गर्ने उदेश्य अनुरुप तालिम संचालन गरिएको नेपाल छाला जुत्ता उत्पादक संघका अध्यक्ष हरिराम बोगटीले बताए । तालिमबाट सिकेको सिप व्यवहारमा लागू गरी आफ्नो जिविकोपार्जन गर्न सहयोग पुर्याउने हेतुले तालिम लिएका प्रशिक्षार्थीहरु मध्ये उत्कृष्ट ७ जनालाई सिलाई कटाई मेसिन समेत दिइने अध्यक्ष बोगटीले जानकारी दिए ।

Prabhu
Crest

तालिम अनुभवि रामेश्वर बोगटीले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षक बोगटीले भेदनामबाट १८ महिने छाला जुत्ता एवम् अर्थपेडिक सम्बन्धी डिप्लोमा र नेदरल्याण्डमा ३ महिने तामिल समेत लिएका छन् । तालिममा सार्की समुदायका १४ जना प्रशिक्षार्थीमध्ये ४ जना पुरुष र १० जना महिलाको सहभागित रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS