IME Life New

पाँच कम्पनीले आइपीओ निष्काशन गर्न बोर्डबाट पाए अनुमति, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५ वटा कम्पनीलाई आइपीओ निष्काशनको अनुमति दिएको छ । बोर्डले असार १७ गते हाथवे इन्भेष्टमेन्ट लिमिटेडलाई आइपीओ निष्काशनको लागि अनुमति दिएको हो भने असार १८ गते मिड सोलु हाइड्रोपावर लिमिटेड, मान्डु हाइड्रोपावर लिमिटेडलाई अनुमति दिएको हो भने सिटिजन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इनस्योरेन्स कम्पनीलाई आज असार १९ आइपीओ निष्काशनको अनुमति दिएको हो ।

हाथवे इन्भेष्टमेन्टले ५० रुपैयाँमा २९ लाख २५ हजार कित्ता आइपीओ निष्काशन गर्नेछ । मिड सोलु हाइड्रोले प्रतिकित्ता १ सय रुपैयाँमा १४ लाख ९६ हजार ८ सय कित्ता आइपीओ निष्काशन गर्ने छ ।

Esewa
Crest

त्यस्तै, मान्डु हाइड्रोले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गर्नेछ । कम्पनीले २०६ रुपैयाँ प्रिमियम मुल्यमा १६ लाख ३६ हजार ३७० कित्ता आइपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । सन् नेपाल लाइफ इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २३९ रुपैयाँमा ९६ लाख कित्ता शेयर निष्काशन गर्ने छ । सिटिजन लाइफ इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २४४ रुपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

0%
sad

दु :खी

71%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS