काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक ५३ दशमलव ७० प्रतिशतले घटेर २०९७ दशमलव २९ को विन्दुमा कायम भएको छ । आज कुल ५ अर्ब ८ करोड १९ लाख ७५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मूल्य १ हजार ४१३ रुपैयाँ कायम भएको छ ।
यसैगरी आज सिटि होटलको शेयर ९।९८ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ४६२ रुपैयाँ कायम भएको छ । आज एनसीसी डिवेन्चरका इकाइधनीले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयर ७।७८ प्रतिशतले बृद्धि हुँदा प्रति इकाई मूल्य १ हजार २३ रुपैयाँ कायम भएको छ ।