काठमाडौं । आज शेयर बजार भारी अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ५३ दशमलव ७० अंकले घटेर २,०९७ दशमलव २९ को विन्दुमा कायम भएको छ । आज १८ कम्पनीको शेयर मुल्य बढेको छ भने २०७ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २८६ कम्पनीको १ करोड १३ लाख २३ हजार १८३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ४२ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको २७ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको २० करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।