काठमाडौं । गत साता नेप्से परिसूचक ९५ अंकले वृद्धि भएको छ । अघिल्लो साता २०५५ दशमलव ५३ विन्दुमा बन्द भएको बजार गत साता २१५० दशमलव ९९ विन्दुमा बन्द भएको हो ।
गत सात ४ कारोबार दिनमा हिमालयन लाइफको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । असार ७ गते ३८१ दशमलव १० रुपैयाँ रहेको बजार मूल्य असार १३ मा ५५७ दशमलव ९० रुपैयाँ पुगेको छ । कम्पनीको बजार मूल्य ४६ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, दोश्रोमा बिपीडब्लु लघुवित्तको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । असार ७ गते ८८७ दशमलव ८० रुपैयाँ रहेको बजार मूल्य असार १३ मा १२८५ रुपैयाँ पुगेको छ । कम्पनीको बजार मूल्य ४६ दशमलव ३९ प्रतिशतलेनै वृद्धि भएको छ । त्यस्तै, तेश्रोमा सिटि होटलको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । असार ७ गते २८७ दशमलव ५० रुपैयाँ रहेको बजार मूल्य असार १३ मा ४२० दशमलव ७० रुपैयाँ पुगेको छ । कम्पनीको बजार मूल्य ४६ दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ ।