काठमाडौं । डिस मिडिया नेटवर्कले आइपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले असार १२ गते बोर्डमा आइपीओ निष्काशनको लागि निवेदन दिएको हो ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता शेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।