IME Life New

एसईईका विद्यार्थीलाई माईपे डिजिटल वालेटले मासिक ५ हजार छात्रवृद्धि दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माईपे डिजिटल वालेटले एसईईका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । माईपेले एसईई पास भएका १०० जना विद्यार्थीलाई उक्त छात्रवृत्ति दिने भएको हो ।

एसईई पास गरेका युवा विद्यार्थीलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस छात्रवृत्ति योजना ल्याएको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले बताए। ‘नवीन प्रविधिलाई युवाहरुले नै सबैभन्दा पहिले आत्मसाथ गर्न सक्दछन्’, मेहताले भने, ‘त्यसैले हामीले उनीहरुलाई डिजिटल प्रविधिप्रति बेलैमा आर्कषित गरी डिजिटल साक्षरता दिनसके डिजिटल नेपालको सपनालाई साकार पार्नसमेत सहयोग मिल्थ्यो।’ मेहताले यस कार्यक्रम सुरुवात गर्न पाउँदा निकै उत्साहित रहेकोसमेत बताए।

Esewa
Crest

यस छात्रवृत्ति कार्यक्रममा जम्मा १०० विद्यार्थी लाभान्वित हुनेछन्। जसमा ९९ जना विद्यार्थीले मासिक ५०० का दरले १ वर्षसम्म र १ जना विद्यार्थीले मासिक ५ हजारका दरले १ वर्षसम्म छात्रवृत्ति प्राप्त गर्न सक्नेछन्।

यस कार्यक्रममा सहभागी हुनका लागि एसईई दिएर बसेका विद्यार्थीले माईपे वालेट डाउनलोड गरी वालेटभित्र रहेको फर्म भर्नुपर्नेछ। फर्म भर्नका लागि १० शुल्क लाग्नेछ। देशैभरिका विद्यार्थी यस योजनामा सहभागी हुन सक्नेछन्।

छात्रवृत्तिमा छनौट भइसकेपछि विद्यार्थीहरुले आफ्नो मार्कसिट तथा कक्षा ११ मा भर्ना भएको प्रमाणसमेत पेस गर्नुपर्नेछ। आवेदन अवधि साउन अन्तिमसम्म रहेको माईपेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS