IME Life New

निजी विद्यालयका शिक्षकले सामुदायिक शिक्षकको सरह तलब नपाए शिक्षा विभागमा सम्पर्क गर्नुः मेयर बालेन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाह बालेनले निजि विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालयको शिक्षकको सरह तलब दिन निजि विद्यालयलाई निर्देशन दिएका छन् । मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

काठमाडौं महानगरपालिकामा निजि विद्यालयको शिक्षकहरुको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको मेयर बालेनको भनाई छ । शिक्षा ऐन, २०२८ को दफा १२ (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने उल्लेख गरिएको छ । काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,२०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम उल्लेख गरिएको छ ।

Esewa
Crest

सोहि बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरुले प्राप्त गर्ने निम्न अनुसारको तलब सुबिधा संस्थागत विद्यालयहरुलाई मेयर बालेनले निर्देशन दिएको हो ।

यदि कुनै विद्यालयले तोकेको तलब नदिएको खण्डमा महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न समेत उनले अनुरोध गरेका छन् ।

May be an image of text

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS