IME Life New

फोनपे र नमस्तेपेबीच फोनपे क्यूआर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्तेपे’ बीच फोनपे क्यूआर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता हस्ताक्षर भएको छ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा फोनपे र नमस्तेपेका प्रतिनिधिको उपस्थिति रहेको थियो। सम्झौतासँगै नमस्तेपे प्रयोगकर्ताले नेपालभरका १२ लाखभन्दा बढी फोनपे मर्चेन्टमा फोनपे नेटवर्कमार्फत छिटो, सुरक्षित र सजिलो रुपमा क्यूआर भुक्तानी गर्न सक्छन्।

Esewa
Crest

सम्झौता हस्ताक्षरपछि कार्यक्रममा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटाले भने, ‘फोनपेको नेटवर्कमा नमस्तेपेलाई आधिकारिक रुपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ। अब नमस्तेपे प्रयोगकर्ताले फोनपे क्यूआरमार्फत पनि भुक्तानी गर्न सक्छन्। हामी विश्वस्त छौँ कि नमस्तेपेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत गर्नेछ। प्रयोगकर्तालाई व्यापक र सुविधाजनक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने हाम्रो भिजनमा यो साझेदारी हत्वपूर्ण रहेको छ। नमस्तेपेसँगको साझेदारीले हाम्रा ग्राहकलाई अझै बढी भुक्तानी विकल्प मिलेको छ भने हाम्रो समावेशी वित्तीय इकोसिस्टममा थप बढावा पुगेको छ।’

त्यसैगरी सम्झौतामा खुसी व्यक्त गर्दै नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले भने, ‘फोनपे नेटवर्कलाई हाम्रो भुक्तानी प्रणालीमा समेटी हाम्रा प्रयोगकर्तालाई १२ लाखभन्दा बढी मर्चेन्टमा भुक्तानी गर्ने सेवा दिन पाउँदा हामी निकै उत्साहित छौँ। हामी हाम्रा ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्दै डिजिटल अनुभव सरल बनाउन सधैँ प्रयासरत छौँ। यो सहकार्यले हाम्रा मूल्यवान ग्राहकलाई निर्वाध, सुरक्षित र सुविधाजनक कारोबार र सरल भुक्तानी अनुभव सुनिश्चित गर्दछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS