काठमाडौं । नेपाल धितोपत्र बोर्डले अरुण कावेली पावर लिमिटेडलाई एक बराबर एकको अनुपातमा १०० रुपैयाँको दरका एक करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्काशनका लागि स्वीकृति प्रदान गरेको हो ।
धितोपत्र बोर्डले स्वीकृति दिए सँगै कम्पनीले शेयरधनीहरु सँग प्रस्ताव आह्वान गर्नेछ । कम्पनीले उक्त हकप्रद शेयर निष्कासनको लागि विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
1687950661076