IME Life New

डिशहोममा प्रेम गीत ३ को विशेष प्रदर्शन हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र “प्रेम गीत ३” डिशहोममा विशेष प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्नेछन् ।

“प्रेम गीत ३” यहि असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछ । यस्तै डिशहोमको एक्सभिडियोमा पनि यो चलचित्र उपलव्ध हुनेछ । एक्सभिडियोमा यो चलचित्र उपलव्ध भए पछि आफुले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ । एक्सभिडियो डिशहोमको सेटटप वक्समा उपलव्ध रहेका फिचर हो । यो चलाउनको लागि भने ग्राहकले आफ्नो सेटटप वक्समा वाइफाइ डोङले वा लन केबल जोडेर इन्टरनेट जोड्नुपर्ने हुन्छ ।

Esewa
Crest

डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफुले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्र प्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS