IME Life New

अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, १८ गुणा बढी आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावरले निष्काशन गरेको आइपिओमा आजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले असार १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेकोमा १८ गुणा भन्दा धेरैको आवेदन परिसकेको छ । माग भन्दा धेरै आवेदन परे पछि कम्पनीले छिटोमा आजसम्म मात्रै निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले सर्वसाधारण समुह तर्फको १० प्रतिशत अर्थात ६ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत सामूहिक लगानी कोषलाई र २ प्रतिशत कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो ।

Esewa
Crest

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले निर्माण गरीरहेको २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ५० करोड ४८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ३ लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.९१ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २९ वर्ष ७ महिना बाँकी रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS