IME Life New

एशियन लाईफले पाेखरामा पनि किन्याे पाँच तारे लक्जरी हाेटलकाे शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाैं । एशियन लाईफ इन्स्याेरेन्सले पाेखरामा पाँच तारे स्तरकाे हाेटलमा समेत लगानी गरेकाे छ ।  माउण्टेन ग्लाेरी प्रा‍. लि. ले सञ्चालन गरेकाे रिसाेर्ट माउण्टेन ग्लाेरी फरेष्ट रिसाेर्ट एण्ड स्पामा  एशियन लाईफ इन्स्याेरेन्सले लगानी गरेकाे हाे ।

लेक साइडबाट करिब ९ किलाेमिटर दूरीमा पाेखरा वडा नम्बर २१ दाेभिल्लामा याे हाेटल अवस्थित छ। प्राधिकरण सम्बद्ध श्राेतका अनुसार एशियन लाईफले याे हाेटलमा ४० प्रतिशत शेयर लगानी गरेकाे छ। हाेटल व्यवसायमा एशियन लाईफकाे याे दाेश्राे लगानी हाे । यसअघि रवि भवनमा अवस्थित चारतारे हाेटल क्राउन इम्पेरियलमा समेत एशियन लाईफले ४० प्रतिशत शेयर लगानी गरिसकेकाे छ।

Esewa
Crest

कूल ७‍.४२ एकड(करिब ५८ राेपनी) क्षेत्रफलमा फैलिएकाे माउण्टेन ग्लाेरी हाेटलमा ६४ वटा सुविधा सम्पन्न काेठा, सभा हल, रेष्टुरेन्ट, स्वीमिङ पुललगायतकाे सुविधा रहेकाे छ।

२०७६ साउन देखि सञ्चालनमा आएकाे याे हाेटल पूर्ण क्षमतामा सञ्चालनमा आउन नपाउँदै काेराेना महामारीकाे चपेटामा पर्याे । त्यसयता अझैसम्म पनि पाेखराका अन्य हाेटल जस्तै पूर्ण क्षमतामा सञ्चालन हुन सकेकाे छैन । सञ्चालनकाे पहिलाे वर्ष पुरा गर्दा हाेटलले ३ कराेड ९० लाख आम्दानी गर्दा उच्च ह्रास कट्टी र ब्याज खर्चका कारण ११ कराेड ८० लाख रुपैयाँ घाटा व्यहाेर्नु परेकाे थियाे । प्रारम्भमा १ अर्ब १७ कराेड रुपैयाँ लगानी रहेकाे याे हाेटलमा स‌ंस्थापककाे  तर्फबाट पूँजी ४९ प्रतिशत र बाँकी रकम बैंक ऋणबाट जाेहाे गरिएकाे थियाे । यसकाे आठजना संस्थापक प्रवर्द्धकहरूमध्ये अधिकांश ट्राभल टुर व्यवसायी हुन् ।

नेपाल बीमा प्राधिकरणले बीमककाे एकीकृत निर्देशिका २०७९ जारी गरेर कूल लगानीकाे १० प्रतिशतसम्म राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न पाउने प्रावधान जारी गरे पश्चात एशियन लाईफकाे सञ्चालक समितिले धमाधम जलविद्युत र हाेटल व्यवसायमा लगानी थप्न थालेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

5%
sad

दु :खी

5%
amazed

अचम्मित

10%
excited

उत्साहित

10%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS