Connect IPS
IME Life

खुकुलो मौद्रिक नीतिको अपेक्षामा बैंक वित्तीय संस्थाको शेयरमा उछाल, नेप्से ५६ अंकले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याउने चर्चा सँगै आज दोस्रो बजारमा बैंक वित्तीय संस्थाको शेयर मूल्यमा उछाल आएको छ । धेरै लामो समयदेखि तल्लो विन्दुमा रहेका अधिकाम्स माइक्रोफाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

लगानीकर्ताले बीमा कम्पनी तथा होटल समुहका शेयर बिक्री गरेर लघुवित्त वित्तीय संस्थाको शेयर खरिद गरेका छन् । छिटो कमाउने होडबाजीमा लगानीकर्ताको ध्यान अव लघुवित्त वित्तीय संस्थाको शेयरमा मोडिएको छ । गएका दिनमा होटलको सूचकमा व्यापक सुधार भयो ।

Prabhu
Crest

सबैभन्दा तल्लो विन्दुमा रहेका बाणिज्य बैंकका शेयरधनीहरुले आज केहि राहात पाएका छन् । बाणिज्य बैंकको सूचक पनि ४८.२५ अंकले सुधार भएको छ । नेप्से सूचक ५६.९४ अंकले सुधार हुँदा ५ अर्ब ४७ करोडको खरिद बिक्री भएको छ । १८७ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा ३४ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

उत्पादन तथा प्रशोधन, व्यापार र निर्जीवन बीमाको सूचक बाहेक सबैमा सुधार देखिएको छ । सर्वाधिक धेरै लघुवित्त वित्तीय संस्थाहरुको सूचक ८.९६ प्रतिशतले बढेको छ । आज ३४ वटा कम्पनीको शेयर मूल्यमा सर्वाधिक सुधार हुँदा सर्किट लागेको छ । स्वावलम्बन लघुवित्तको मात्रै २५ करोड १२ लाखको खरिद बिक्री भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मर्जरका लागि जोड दिदै आएकोमा अवदेखि हकप्रदलाई पनि प्राथमिकता दिने हल्लाले पनि आज बैंक वित्तीय संस्थाको शेयर मूल्यमा सुधार भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

25%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS