IME Life New

जेठ महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे कुल १० अर्ब ४३ करोड बीमा शुल्क, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेठ महिनामा जीवन बीमा कम्पनीहरुले कुल १० अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छन् । जेठ महिनामा मात्रै कम्पनीहरुले ७ अर्ब ८१ करोड नविकरण बीमा शुल्क आर्जन गरेका छन् भने प्रथम बीमा शुल्क आर्जन २ अर्ब ६३ करोड मात्रै छ ।

जेठ एक महिनामा नेपाल लाइफले २ अर्ब ७१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमा नविकरणको हिस्सा २ अर्ब ६ करोड र प्रथम बीमा शुल्क आर्जन ६४ करोड ३७ लाख रुपैया छ ।

Esewa
Crest

दोस्रो नम्बरमा रहेको नेशनल लाइफले एक अर्ब ६७ करोड रुपैया आर्जन गरेको छ । तेस्रो नम्बरमा रहेको एलआइसी नेपालले एक अर्ब २९ करोड, हिमालयन लाइफले ८१ करोड ६९ लाख, सूर्य ज्योति ७१ करोड ४५ लाख, मेट लाइफ ४९ करोड ९० लाख, सानिमा रिलायन्स लाइफ ४५ करोड १७ लाख, एशियन लाइफ ४२ करोड ४६ लाख, सिटिजन लाइफ ४१ करोड ९० लाख, आइएमई लाइफ २९ करोड ५४ लाख, राष्ट्रिय बीमा संस्थान २८ करोड ५९ लाख, रिलाबयल नेपाल २८ करोड ३९ लाख, सन नेपाल लाइफ २८ करोड ३७ लाख, प्रभु लाइफ १४ करोड ८२ लाख र महालक्ष्मी लाइफले ११ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

42%
happy

खुसी

8%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS