काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओआज सोमबार बाँडफाँड हुँदैछ । कम्पनीले काठमाडौंको ठमेलस्थित छाँया सेन्टरमा रहेको होटल अलोफ्टमा विहान १० बजे आईपीओ बाँडफाँड गर्ने भएको हो ।
कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीको आईपिओमा माग भन्दा ३.८४ गुणा बढीको आवेदन परेको छ ।
सिडीएससीका अनुसार कम्पनीको आइपीओमा १२ लाख ८२ हजार ६ सय ३६ जना आवेदकबाट १ करोड ३९ लाख २३ हजार ३ सय कित्ताको लागि आवेदन परेको छ । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको शेयर गोलाप्रथाबाट बाँडफाँड हुने छ । जस मार्फत ३ लाख ६१ हजार ९ सय ८९ जना आवेदकले मात्र शेयर पाउने छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर पाउने छन् । बाँकि ३ लाख ६१ हजार ९ सय ८८ जनाले १० कितातको दरले शेयर पाउने छन् ।