IME Life New

नेशनल हाइड्रोपावरले असार २९ गतेबाट हकप्रद निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले असार २९ गतेदेखि हकप्रद निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्त पूँजीको ५० प्रतिशत अर्थात १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

Esewa
Crest

कम्पनीले हकप्रद निष्काशनको लागि असार १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ ३२ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद पाउन सक्ने छन् । लगानीकर्ताले साउन १८ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन् । हकप्रद शेयर निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS