IME Life New

नेपाल रिपब्लिक मिडियाको आईपीओ सोमबार बाँडफाँड हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीले सोमबार बिहान १० बजे छाँयासेन्टरस्थित होटल अलोफ्टमा शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको हो । कम्पनीले आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीको आईपिओमा माग भन्दा ३।८४ गुणा बढीको आवेदन परेको छ ।

Esewa
Crest

सिडीएससीका अनुसार कम्पनीको आईपिओमा १२ लाख ८२ हजार ६ सय ३६ जना आवेदकबाट १ करोड ३९ लाख २३ हजार ३ सय कित्ताको लागि आवेदन परेको छ । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको शेयर गोलाप्रथाबाट बाँडफाँड हुने छ । जस मार्फत ३ लाख ६१ हजार ९ सय ८९ जना आवेदकले मात्र शेयर पाउने छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर पाउने छन् । बाँकि ३ लाख ६१ हजार ९ सय ८८ जनाले १० कितातको दरले शेयर पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS