काठमाडौं । नेपाल चलचित्र संघले हिन्दी चलचित्र प्रदर्शन गर्ने भएको छ । आदिपुरुष बाहेक अरु हिन्दी चलचित्र आजैबाट प्रदर्शन गरिने बारे संघले एक विज्ञप्ति निकाल्दै जानकारी दिएको हो ।
उच्च अदालत पाटनले असार ७ गते विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्रहरु प्रदर्शन गर्न बाधा नगर्नु नगराउनु भनी अल्पकालिन अन्तरिम आदेश जारी गरिएको थियो । सोहि आदेशलाई पालना गर्दै अर्काे आदेश नआएसम्म हिन्दी चलचित्र आदिपुरुष बाहेक अन्य स्वदेशी तथा विदेशी चलचित्रहरु आजैबाट नेपालभर प्रदर्शन गर्ने संघले जनाएको छ ।