IME Life New

आइपिओ निष्काशनकाे तयारीमा रहेकाे रिलायबल लाईफले पायाे ‘त्रिपलबी प्लस’ रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । प्रिमियम मूल्यमा सार्वजनिक शेयर निष्काशनकाे तयारीमा रहेकाे रिलायबल नेपाल लाईफ इन्स्याेरेन्स(RNL)ले केयर रेटिङबाट केयरएनपि त्रिपल बी प्लस (CARE-NP BBB+ ‘Is’) रेटिङ पाएकाे छ। रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले यसअघिकाे केयर एनपि त्रिपल बी (CARE-NP BBB  ‘Is’)बाट स्तराेन्नती गर्दै याे रेटिङ प्रदान गरेकाे हाे । जीवन बीमा कम्पनीहरुमध्ये त्रिपल बी प्लस रेटिङ प्राप्त गर्ने याे पहिलाे कम्पनी हाे ।

यस्ताे रेटिङ प्रापक स‌ंस्थाले वित्तीय दायीत्व समयमै निर्वाह गर्न सक्ने सन्दर्भमा मध्यम स्तरकाे सुरक्षित रहने उल्लेख गरेकाे छ। केयर रेटिङ्सका अनुसार केही वर्षयता काराेबार आकारमा भएकाे वृद्धिले कम्पनीलाई सघाउ पुगेकाे छ। गत आवमा कम्पनीकाे कुल बीमाशुल्क आम्दानी ३२ प्रतिशतले वृद्धि भएर ४ अर्ब ४ कराेड ४० लाख रुपैयाँ पुगेकाे थियाे । गत आवमा जीवन बीमा क्षेत्रले जम्मा १५ प्रतिशत वृद्धि हासिल गरेकाे थियाे । व्यापार प्रवर्द्धन नीति र बीमा अभिकर्ता सञ्जाल बिस्तारका कारण व्यवसाय बिस्तारमा याेगदान पुगेकाे हाे ।

Esewa
Crest

अघिल्लाे आवमा २ अर्ब ८८ कराेड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आम्दानी गरेकाेमा गत आवमा ३ अर्ब ८२ कराेड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आम्दानी गरेकाे छ। गत दुई आवमा बीमालेख  नविकरण अनुपात ९४ प्रतिशत रहेकाे छ। प्रथम वार्षिक शुल्क आम्दानी १० प्रतिशतले वृद्धि भएकाे थियाे । कम्पनीकाे कूल बीमा व्यवसायमा सावधिक बीमा याेजनाकाे हिस्सा ७४ प्रतिशत रहेकाे छ। यसैगरी गत आव मसान्तसम्ममा बीमालेख नविकरण दर ८८ प्रतिशत रह्याे । बीमलेख निरन्तरताले उच्च नविकरण बीमाशुल्क आम्दानी र बीमालेख सकृय अनुपातलाई स‌ुनिश्चित गर्छ ।

रिलायबल नेपालकाे जाेखिमांकन लाभ र लगानीबाट प्राप्त प्रतिफलका कारण खुद नाफाकाे रकम बीमा काेषमा स्थानान्तरण गर्दा वार्षिक ३९ प्रतिशतका दरले वृद्धि हुँदै गएकाे छ। गत आफ्नाे २०७८।७९ मा कम्पनीले मुनाफाबाट ३४ कराेड २० लाख रुपैयाँ थप्न सफल भएकाे छ। यसैगरी गत आवमा शेयरधनी काेषमा खुद मुनाफाबाट २९ कराेड ९० लाख रुपैयाँ जम्मा गर्न सफल भएकाे छ।

चालू आर्थिक वर्षकाे तेश्राे त्रैमाससम्ममा कम्पनीकाे कुल बीमाशुल्क आम्दानी २ अर्ब ७४ कराेड १० लाख रुपैयाँ रहेकाे छ। गत आव २०७८।७९ मा यस्ताे आम्दानी २ अर्ब ९९ कराेड रुपैयाँ रहेकाे थियाे । उच्च दाबी जाेखिम र घाटामा रहेकाे म्यादी जीवन बीमालेख व्यवसायलाई निरन्तरता नदिने नीतिका कारण कम्पनीकाे बीमाशुल्क आम्दानी खस्किएकाे केयर रेटिङगसले उल्लेख गरेकाे छ। लगानीवापतकाे प्रतिफलमा ६२ प्रतिशतले वृद्धिका कारण कम्पनीकाे खुद नाफा गत आवकाे पहिलाे नाै महिनाकाे तुलनामा वृद्धि भएकाे छ। चालू आव २०७९।८० काे चैत्र मसान्तसम्ममा रिलायबल नेपालले २८ कराेड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । गत आवकाे चैत्रसम्ममा यस्ताे नाफा जम्मा २१ कराेड रुपैयाँ रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%
happy

खुसी

0%
sad

दु :खी

3%
amazed

अचम्मित

11%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS