काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडल असार ५ गतेदेखि निष्काशन गरेको आइपीओमा करिब साढे ७ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०५ बजेसम्ममा ७ लाख ६५ हजार ६८४ जना आवेदकबाट ८५ करोड २६ लाख ३५ हजार रुपैयाँ बराबरको ८५ लाख २६ हजार ३५० कित्ता शेयरको लागि आवेदन परेको हो ।
कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशतले दरले हुने आउने १२ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

















