काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालकमा भुपाल बराल नियुक्त भएका छन् । अर्थमन्त्रालयले रितेश कुमार शाक्यको स्थानमा बराललाई नियुक्त गरेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले शाक्यलाई फिर्ता बोलाएर बराललाई नियुक्त गरेका हुन् । शाक्यलाई पुर्व अर्थमन्त्री जनार्दन शर्माले पठाएका थिए ।
अर्थमन्त्रालयका बराल वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाख प्रमुख हुन् । उनि अर्थमन्त्री महतको विश्वासपात्र पनि हुन् । उनलाई आन्तरिक राजश्व विभागको महानिर्देशक बनाउने महतको तयारी रहेको छ ।
नियमावली पारित गर्ने चरणमै प्राधिकरणको सञ्चालक भएका बरालको नियुक्तिले थप सहजिकरण हुने विश्वास गरिएको छ । उनको नियुक्तिले अर्थमन्त्री महत र प्राधिकरण विचको समन्वयन थप बढ्ने विश्लेषकहरु बताउछन् ।
प्राधिकरणको अध्यक्ष कार्यकारी हुने कानुनी व्यवस्था रहेको छ । कार्यकारी अध्यक्ष सहित सदश्यहरुमा कानुन मन्त्रालय, अर्थ मन्त्रालय, बीमा विज्ञ र बीमितहरुको तर्फबाट एक एक जना सञ्चालन हुने व्यवस्था छ ।