काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओमा ४ लाख बढीको आवेदन परेको छ । कम्पनीले असार ५ गतेदेखि निष्काशन गरेको आइपीओमा आज साझ ५ः०५ बजेसम्ममा यी आवेदकबाट ५० करोड ३१ लाख ५३ हजार रुपैयाँ बराबरको ५० लाख ३१ हजार ५३० कित्ता शेयरको लागि आवेदन परेको हो ।
कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशतले दरले हुने आउने १२ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।