IME Life New

अब इसेवा खातामा रहेको रकम एटिएम मार्फत झिक्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो इसेवा खातामा रहेको रकम एटिएम मेसिन मार्फत पनि सहजै झिक्न सक्ने भएका छन् । इसेवाले हाल एभरेष्ट बैंकसँगको सहकार्यमा इसेवा खातामा रहेको रकम एटिएमबाट समेत झिक्न सकिने सेवाको सुरुवात गरेको हो ।

इसेवामा रहेको रकम एटिएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन । इसेवाका प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटिपि मार्फत सहजै एटिएमबाट नगद रकम झिक्न सक्नेछन् । यसअघि इसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्स्फर गर्नुपर्ने हुन्थ्यो । तर, अबदेखि एटिएम मार्फत पनि रकम झिक्न सकिने भएपछि इसेवा प्रयोगकर्तालाई झनै सहज हुनेछ । यो सेवा वालेट कम्पनीहरूमा नेपालमै पहिलो पटक सुरुवात गरिएको हो ।

Esewa
Crest

इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवा प्रयोगकर्तालाई इसेवामा रहेको रकम झिक्न अझ सहज होस् भन्ने उद्देश्यले एभरेष्ट बैंकसँगको सहकार्यमा एटिएमबाटै रकम झिक्न सकिने सेवाको सुरुवात गरेका बताए । बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘हामी जहिले पनि क्यासलेस अर्थतन्त्रलाई प्राथमिकता दिँदै सोही किसिमका सेवा सञ्चालन गर्दै आएका छौँ । तर कहिलेकाहीँ इसेवामा रहेको रकम क्यासमा नै चाहिए पनि प्रयोगकर्तालाई सहज होस् भन्ने उद्देश्यले हामीले यो सेवाको सुरुवात गरेका हौँ ।’

त्यस्तै, कार्यक्रममा एभरेष्ट बैंकका डेपुटी सिइओ विजय कुमार शर्माले एभरेष्ट बैंक जहिले पनि आफ्ना ग्राहकलाई नयाँ सेवा र सुविधा दिन तत्पर रहेको बताए । उनले भने, ‘इसेवा जस्तो नेपालको पहिलो र अग्रणी वालेट कम्पनीसँग सहकार्य गर्न पाउँदा हामी पनि उत्साहित छौँ । इसेवाका प्रयोगकर्ताले एभरेष्ट बैंकका देशभर रहेका कुनै पनि एटिएम मेसिनमार्फत सहजै रकम झिक्न सक्नुहुनेछ । हामी यो आशा गर्दछौँ की यसले नेपालभर रहेका इसेवाका लाखौँ प्रयोगकर्तालाई धेरै सहज बनाउनेछ ।’

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका दुई लाख भन्दा बढी एजेन्ट मार्फत अप्रत्यक्ष रूपमा डेढ करोड भन्दा बढी जनसङ्ख्याले सेवा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS