Connect IPS
IME Life

लगानीकर्ताले नाफा बुक गर्दा दोहोरो अंकको करेक्सन, साढे तीन अर्बको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगानीकर्ताले नाफा बुक गर्दा बुधबार शेयर बजारमा थप १४.०५ अंकको करेक्सन भएको छ । कारोबार खुल्ने वित्तीकै सुधारको संकेत देखिए पनि धेरै बेर टिक्न सकेन । तिब्र उचारचढावकै विचमा १२ बजेर २० मिनेटमा नेप्से सूचक २० अंक भन्दा माथिको सुधार देखियो । सुधारको लय खासै टिक्न सकेन ।

अल्पकालिन लगानीकर्ताले नाफा बुक गर्दा घटेको बजारमा कारोबार रकम भने गएका दिनमा जति हुन सकेन । आज तीन अर्ब ४९ करोडको कारोबार भएको छ । होटल र उत्पादन तथा प्रशोधनमुलक कम्पनीको सूचक बाहेक अन्य सूचकमा सुधार भएन । बाणिज्य बैंकको शेयरमा अझै पनि चार्मिङ छैन ।

Prabhu
Crest

लगानीकर्ताको आकर्षण होटल, उत्पादन तथा प्रशोधनमुलक कम्पनी बाहेक अन्य क्षेत्रमा खासै छैन । केहि हदसम्म बीमा क्षेत्रका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिन्छ । आज ४५ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ भने १७८ वटा कम्पनीको शेयर मूल्यमा भने गिरावट देखिएको छ ।

सिटी होटलको शेयर मूल्य सर्वाधिक बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै शिवम सिमेन्टको २२ करोड ४८ लाख रुपैयाँको खरिद बिक्री भएको छ । बैंकिङ क्षेत्रमा तरलता बढ्दै गइरहेको छ । बैंकहरुले शेयरधितो कर्जा प्रवाह गर्दै गइरहेका छन् । अर्को तर्फ अन्य क्षेत्रका लगानीकर्ताले पैसा कमाउन शेयर बजारमा लगानी गरिरहेका छन् । अन्य क्षेत्रबाट पैसा ल्याएर लगानी गरिरहेकाले पनि उनिहरुले डराइ डराइ खरिद बिक्री गरिरहेका छन् । कसैले पनि निर्धक्कले लामो समयका लागि शेयर कारोबार गर्ने मनस्थिति बनाएका छैनन् । अल्पकालिन लगानी गरेर मुनाफा लैजाने लगानीकर्ताको संख्या धेरै भएकाले पनि बजारमा चरम अस्थिरता छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS