Connect IPS
IME Life

अध्यक्ष हमालले घोराहीको आइपिओमा भ्रष्टाचार गरेको पूँजी बजार सुधार संघको आरोप

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वतन्त्र पूँजी बजार सुधार संघले घोराही सिमेन्टको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा भ्रष्टाचार गरेको आरोप लगाएको छ । संघले प्रेश विज्ञप्ती जारी गर्दै प्रिमियममा आइपिओ निष्काशन गर्दा भ्रष्टाचार गरेको आरोपमा शंकाको घेरामा रहेको उल्लेख गरेको छ ।

घोराही सिमेन्ट इण्डस्ट्रिजको आइपिओ स्वीकृति प्रक्रियामा भएको जालझेल, आइपिओका लागि आवेदन पेश गरेको मितिदेखि नै सेबोन अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका हमाल विरुद्ध आरोप लाग्दै आएको उनिहरुले उल्लेख गरेका छन् ।

Prabhu
Crest

उक्त कम्पनीको प्रारम्भिक नियमित आइपिओ आवेदन प्रक्रिया पालना नगरी कुन आधारमा आइपिओ निष्काशनका लागि अध्यक्ष हमालले हस्ताक्षर गरेका हुन् ? नेपालको धितोपत्र बजारको नियामक निकायको रुपमा रहेको सेबोन, पूँजीबजारमा पारदर्शिता सुनिश्चित गर्न र लगानीकर्ताको विश्वास कायम राख्न स्थापन गरिएको उनिहरुको भनाइ छ ।

धितोपत्र बोर्डका अध्यक्ष हमाल विरुद्ध लगाइएको भ्रष्टाचारको हालको आरोपले सोबोनको निष्ठा र समग्र नेपाली पूँजीबजारको विश्वसनीयतामा शंका उत्पन्न गरेको छ र यसले पूँजीबजारको विकास र विस्तारमा धेरै पछाडि धकेल्ने उनिहरुले जनाएका छन् ।

यस्ता आरोपहरुको गहिरो छानबिन गरी भ्रष्टाचारमा संलग्न कुनै पनि व्यक्तिलाई उचित कारबाही गर्न सम्बन्धित निकायलाई जोडदार माग गरिएको छ । सोबोनले लगानीकर्ताको विश्वास स्थापित गर्न र आइपिओ स्वीकृति प्रक्रियाको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न तत्काल कदम चाल्न समेत उनिहरुले अनुरोध गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS