काठमाडौं । आज शेयर बजार नेप्शे परिसूचक २६ दशमलव ५६ प्रतिशतले घट्दा २०६४ दशमलव ८३ को विन्दुमा कायम भएको छ । आज कुल ४ अर्ब ११ करोड ६ लाख रुपैयाँको शेयर कारोबार हुँदा सिटि होटलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य २३७ रुपैयाँ कायम भएको छ ।
यसैगरी, आज बिपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ९.९९ प्रतिशतले बृद्धि हुँदा लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने प्रति शेयर मूल्य ७५२ रुपैयाँ कायम भएको छ । आज इङवा हाइड्रोपावर लिमिटेडको शेयर ९.९७ प्तिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ३२० रुपैयाँ कायम भएको छ ।