IME Life New

घोराही सिमेन्टको आइपीओ निष्काशन बन्द गर्ने बोर्डको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आइपीओ निष्काशन प्रक्रिया बन्द गर्ने निर्णय गरेको छ । उक्त कम्पनकिो आइपीओमा ठुलो मात्रामा झुटो आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएपछि बोर्डले यस्तो निर्णय गरेको हो ।

यस कम्पनीलाई प्रदान गरिएको इस्कुअर रेटिङ, क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३४ को उपनियम २ विपरित भए नभएको बारेमा केयर रेटिङ नेपाललाई तीन दिनभित्र स्पष्ट गरी पेश गर्न जेठ ३० गते पत्राचार गरिएकोमा कयर रेटिङ नेपालले हालसम्म पनि जानकारी पेश नगरी कुनै आधार बीना म्याद थपको लागि अनुरोध गरिएको हुनाले बोर्डले हाललाई आइपीओ निष्काशन बन्द गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

साथै कम्पनकिो आइपीओमा मागभन्दा बढी आवेदन प्राप्त हुँदा पनि म्याद थप गरेको हुनाले लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै कम्पनीको रेटिङ र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाचँबुझका लागि हाललाई कम्पनीको आइपीओ विक्री बन्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

13%
amazed

अचम्मित

0%
excited

उत्साहित

38%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS